लोटस रिसर्च सेन्टर व लोटस बौद्ध स्टडिज ग्रुपबाट आयोजित “भूकम्पबाट क्षतिग्रस्त बौद्ध सम्पदाको पुनर्निर्माण” विषयक गोष्ठी यही २०७२ साल असार १९ गते शनिबार सासा व्याँइट, टेकुमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन सत्यमोहन जोशीज्यूले गर्नु भएको थियो । कार्यक्रममा लोटस रिसर्च सेन्टरका अध्यक्ष डा. भ्रतरत वज्राचार्यज्यूले अवधारणा पत्र पेश गर्नु भएको थियो । उक्त अवधारणामा विषय प्रवेश, नेपालमा भूकम्पको इतिहास, भूकम्पमा भएको क्षतिको लेखाजोखा, भूकम्पपीडित जनताहरुको मनोबल उकास्नु, भूकम्पमा परी यत्रतत्र छरिएर रहेका संरचनाहरका विभिन्न भागहरुको संरक्षण, पुनर्निर्माण कार्यमा अवलम्बन हुने नीतिमा समानताको आवश्यकता, छरिएर रहेका ऐतिहासिक सामग्रीहरुको संरक्षणमा जनचेतना जागाउन तथा उपसंहार समावेश गरिएको थियो ।

अवधारणा पत्रमाथि प्राप्त प्रतिक्रियाहरू
  1. शान्त रत्न शाक्य (युवा बौद्ध संघका पूर्व अध्यक्ष) — धरहरा जुन नेपाली सांस्कृतिक सम्पदा होइन, त्यसको अत्यधिक प्रचार भएको बारे सत्यमोहन जोशीज्यूलाई प्रश्न उठाइयो ।
  2. चन्द्रमान माक्रे — चन्द्रशशेले नेपाली शैलीको नौल्तल दरबार स्वरूप बिगारी बैठक बनाउन लगायो । कुमारी मन्दिरको अगाडि ठिम्मर दब बनाइर कसैलाई खुन दिएन, त्यसैले दरबारलाई महत्त्व दिन आवश्यक छैन ।
  3. पुस्तक माध्यम — पुनर्निर्माण कार्य अभिलेखको अभावले चुनौतीपूर्ण छ; एउटा मन्दिरको कलाकृति अर्को मन्दिरमा पुग्ने सम्भावना आदि बारे चिन्ता व्यक्त गरियो ।
  4. अनार रत्न शाक्य — बहालवासीहरूका समस्या र गुनासो; प्रेसर समूह बनाएर पुरानो शैलीमै निर्माण गर्नुपर्ने सुझाव ।
  5. किरण शाक्य — नेवारहरूको सम्पदा तहसनहस; स्वयंभू, बुङ जस्ता क्षेत्रमा समुचित सफाइ/संरक्षण र दीर्घकालीन योजनाबारे चिन्ता ।
  6. संरक्षण शाक्य — क्षतिको विवरण व्यवस्थित गर्न लोत्तस रिसर्चमार्फत डाटा संकलन, पूर्वयोजना बनाएर काम अघि बढाउन प्रस्ताव ।
  7. इन्द्र बहादुर शाक्य — पुनर्निर्माणको मापदण्ड र ‘के कस्ता वस्तु सम्पदा हुन्’ भन्ने स्पष्टता, गुणस्तरीय सामग्रीको प्रयोग, लागत/स्रोतको पारदर्शिताबारे जोड ।
  8. डा. पिताम्बर यादव — युनेस्को सूचीका सम्पदाको संरक्षण र पुनः सूचीकृत गराउन सरकारी समन्वयको आवश्यकता ।
  9. नीरजुन ताम्रकार — गुठी प्रथासहित स्थानीय संयोजन सुदृढ गर्दै heritage conservation trustresource mobilization को प्रस्ताव ।
  10. आनन्दमूर्ति — पुनर्निर्माणको कार्यका लागि master plan; विहार संरचनामा परम्परागत रूप (विहार, वाहि, चुक, निन, लाठी) कडाे रूपमा पालन गर्न सुझाव ।
  11. सागर वज्राचार्य — “नेपाललाई चिनाउने बौद्ध संस्कृति र सम्पदा हुन्, धरहरा/दरबार मात्र होइन” भन्ने धारणा ।
  12. वज्रमुनि वज्राचार्य — कृतिपुर लगायतका क्षेत्रको क्षति दर्ता/समावेश गर्न आग्रह ।
  13. शुभनाम — कलाकारहरूमा दार्शनिक ज्ञान आवश्यक ।
  14. जगतमुनि शाक्य — सेना, प्रहरी, प्राविधिक टोली र कलाकारहरू सबैको समावेशसहित कार्यान्वयन ।
  15. शाक्य सुरेन्द्र — सरोकारवालाको नेटवर्किङ मार्फत सरकारी निकायमा दबाब; सही संरक्षणले क्षति न्यून हुन्छ ।
  16. मल्ल के. सुन्दर — नेपालमण्डल राहत अभियानका अनुभव; मौलिक पहिचान/इतिहास जोगाउन नीति र ऐन निर्माणमा साझा आवाज आवश्यक, दाताहरूको समन्वय अपरिहार्य ।
  17. शोभा शाक्य — अन्तर्राष्ट्रिय सहयोग मार्फत बहाल/विहार संरक्षण थप व्यापक बनाउन पहल ।
  18. मोतीलाल शीर्षकार — कलाकारहरू नीतिनिर्माणमा पनि सहभागिता होस् ।
  19. डा. नरेशमान वज्राचार्य — पुनर्निर्माणमा पूजा विधि/अमूर्त पक्ष समेट्नुपर्ने र पाठ्यक्रममा पुरातत्त्व तथा buddhist archeological site सम्मिलित गर्ने योजना ।
सत्यमोहन जोशी — समापन विचार
नेपालमण्डलका विहार, सतल, च्वागु, स्वयम्भू आदि सम्पदा विश्वस्तरीय हुन्। पहिलेका कलाकारहरू अशिक्षित भए पनि ज्ञान र सीप थियो। ती सम्पदालाई हाम्रो संस्कृतिले जीवन्त राखेको छ; हामीले भावी पुस्तामा सुरक्षित रूपमा सुपुर्द गर्नुपर्छ।